नियम ३७
मेलमिलाप सम्बन्धी कार्यविधि
: (१) मेलमिलाप सम्बन्धी छलफल र् अन्य आवश्यक कार्य अदालत वा मेलमिलापकर्ताले तोकेको स्थानमा गर्न सकिनेछ।- यसरी स्थान तोकिएको जानकारी पक्षहरुलाई लिखित रुपमा दिनु पर्नेछ।
(२) यस नियमावली बमोजिम मेलमिलापका लागि अदालतले आदेश गरी पठाएमा उपनियम (१) बमोजिम तोकिएको मिति र समयमा मेलमिलापकर्तासमक्ष उपस्थित हुनु तथा मेलमिलाप सम्बन्धी छलफलमा सहभागी हुनु मुद्दाका पक्षहरुको कर्तव्य हुनेछ। त्यसरी तोकिएको मिति र समयमा उपस्थित नभएमा वा छलफलमा सहभागी नभएमा मेलमिलापकर्ताले सो को जानकारी अदालतलाई गराउनु पर्नेछ र सो अवस्थामा अदालतले गरको आदेश बमोजिम हुनेछ।
(३) मेलमिलाप प्रक्रिया सञ्चालन गर्दा मुद्दाका पक्ष, पक्षको कानून व्यवसायी, मुद्दाका पक्षले रोजेका एक-एक जना व्यक्ति, आवश्यकता, अनुसार विवादित विषय सम्बन्धी विशेषज्ञ तथा अन्य व्यक्तिसँग आवश्यकता अनुसार छुट्वाछुट्टै वा सामूहिक रुपमा छलफल गरी पक्षको आपसी सहमतिबाट दुवै पक्षलाई मान्य निष्कर्षमा पुग्न मेलमिलापकर्ताले सहजकर्ताको रुपमा कार्य गर्नु पर्नेछ।
(४) यस नियमावलीको अधीनमा रही पक्षहरुको सहमतिमा मेलमिलापकर्ताले मेलमिलापको कार्यविधि आफैं तय गर्न सक्नेछ। (५) मेलमिलापकर्ताले पक्षहरुको सहमतिमा टेलिफोन, भिडियो कन्फरेन्स वा सञ्चारका अन्य उपयुक्त माध्यमबाट पनि मेलमिलाप प्रक्रिया सञ्चालन गर्न सक्नेछ।
(६) मेलमिलापकर्तासमक्ष हाजिर . हुने दिन तोकिएकोमा सो दिन हाजिर नभए पनि तारेख: गुज्रेको भनी थमाउनु पर्ने छैन। अदालतले मेलमिलापकर्तासमक्ष उपस्थित हुन जाने भनी तोकेको दिनमा बा. मेलमिलापकर्ताले छलफलको लागि तोकेको दिनमा एक पक्षमात्र उपस्थित भएमा वा दुवै पक्ष उपस्थित नभएमा उपस्थित हुने मिति भुक्तान भएको सात दिनपछि मेलमिलापकर्ताले मेलमिलाप प्रक्रिया सञ्चालन हुन नसकेको भनी अदालतमा प्रतिवेदन पठाउनु पर्नेछ।
तर त्यसरी उपस्थित हुन तोकिएको मितिले सात दिनभित्र दुवै पक्ष उपस्थित भएमा मेलमिलापकर्ताले मेलमिलापको प्रक्रिया: अगाडि बढाउनु पर्नेछ।